लायन्सद्वारा वृहत् स्वास्थ्य परीक्षण कार्यक्रम - Crazysaptahik.com

लायन्सद्वारा वृहत् स्वास्थ्य परीक्षण कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ६ भातेगौडामा वृहत् स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

विहिबार लायन्स क्लब अफ पथरी, लायन्स क्लब अफ पथरी योङ हार्ट, लायन्स क्लब अफ पथरी शनिश्चरे, लायन्स क्लब अफ पथरी क्रियटिभ लेडी र लियो क्लब अफ पथरीको आयोजना कार्यक्रम भएको हो ।

नगर उप–प्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डिष्ट्रिक ३२५ सि का एरिया चिफ लायन रोशन बुढाथोकीको उपस्थिति रहेको थियो ।

स्वास्थय शिविरमा १ सय जनाले प्रत्यक्ष रुपमा लाभ लिएका थिए । सो शिविरमा मधुमेह परीक्षण, रक्तचाप परीक्षण र स्वास प्रश्वास परीक्षण गर्नुका साथै पौष्टिक पदार्थ समेत वितरण गरिएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ पथरीका भाइस प्रेसिटेन्ट तथा स्वास्थ्य संयोजक लायन हेमसागर चापागाई, लायन्स क्लब अफ पथरीकी प्रेसिडेन्ट लायन गोमा पौडेल, याङ हार्टका प्रसिडेन्ट लायन चिरन्जीवी कटुवाल (दिपक), शनिश्चरेकी प्रेसिडेन्ट लायन सिता राई, क्रियटिभ लेडीकी प्रेसिडेन्ट लायन देवी राई लियो प्रेसिडेन्ट नमिरा पौडेल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.