मुख्य प्रशिक्षकको राजीनामापछि नेयमारले दिए सन्यासको संकेत - Crazysaptahik.com

मुख्य प्रशिक्षकको राजीनामापछि नेयमारले दिए सन्यासको संकेत

ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले ब्राजिलका लागि खेल्न जारी राख्ने ‘शत प्रतिशत ग्यारेन्टी दिन नसक्ने’ बताएका छन् । उता प्रशिक्षक टिटेले भने राजीनामा दिने बताइसकेका छन् । उनले प्रतियोगिता अघि नै उनले आफ्नो टोलीको प्रदर्शनका बाबजुद राजीनामा दिने बताइसकेका थिए ।

१–१ को बराबरी पछि २०१८ को उपविजेता क्रोएसियासँग पेनाल्टीमा हार्दै विश्वकपको दाबेदार टोली क्वार्टर फाइनल चरणबाट बाहिरिएको छ । ६१ वर्षीय टिटेले ब्राजिलको प्रबन्धकको रूपमा ६ वर्ष काम गरेपछि आफू ‘शान्तिमा जान लागेको’ बताएका छन्।

यता ३० वर्षीय नेयमारले भने आफ्नो निर्णयको मूल्याङ्कन गर्ने बताउँदै भने, ‘मैले यस बारे अलि बढी सोच्न आवश्यक छ।’ १८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय डेब्यू गरेका नेयमारले थपे, ‘म राष्ट्रिय टोलीका लागि कुनै ढोका बन्द गरिरहेको छैन तर म फर्किने १००% ग्यारेन्टी पनि दिइरहेको छैन।

मैले यस बारे अलि बढी सोच्न आवश्यक छ कि मेरो लागि र राष्ट्रिय टोलीको लागि सही कुरा के हो।’ पेरिस सेन्ट–जर्मेनका फरवार्डले अतिरिक्त समयमा क्रोएसियाविरुद्ध अग्रता दिलाएपछि ब्राजिल पुरुष राष्ट्रिय टोलीका लागि १२४ खेलमा ७७ गोल गर्ने पेलेको ’आधिकारिक’ गोलको कीर्तिमान बराबरी गरेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.