मनोहरमा सृजना चौतारीको नियमित कार्यक्रम - Crazysaptahik.com

मनोहरमा सृजना चौतारीको नियमित कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित होटल मनोहर एण्ड पार्कमा सृजना चौतारी अन्तर्गत मासिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न स्रष्टाले अन्तिम शनिबार जमेरै आफ्ना लेख रचना मार्फत् आफूभित्र रहेका प्रतिभालाई प्रफुष्टन गर्ने अवसर पाए । सोही अवसरको भरपुर सदुपयोग गदै गीत, गजल, कविता, हाइकु र मुक्तक पस्कने स्थानीय स्रष्टाहरूमा टी.एन. खतिवडा, उत्तम आपागाँई, राजेन्द्र विवश, सीता राई, दीपक दियालो, भवानी दुलाल, प्रतिमा गुरुङ लक्ष्मीप्रसाद फूयाँल, भूमिप्रसाद पाठक र प्रेम कट्टेल लगायतले वाचन गरेका थिए ।

एभरेष्ट आर्ट फ्युजनका अध्यक्ष भूमिप्रसाद पाठकको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमको अध्यक्षता सृजना चौतारीका अध्यक्ष लक्ष्मीप्रसाद फूयाँलले गरेका थिए ।

सम्बन्धित खवर