नेपालले यु–१८ एसिया रग्बी : नेपालले भारतलाई हरायो - Crazysaptahik.com

नेपालले यु–१८ एसिया रग्बी : नेपालले भारतलाई हरायो

नेपालले यु–१८ एसिया रग्बी सेभेन्समा शनिवार भारतमाथि १२–१० को रोमाञ्चक निकालेमा पनि सेमिफाइनलमा स्थान बनाउन असफल भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको समूह ‘ए’ को अन्तिम खेलमा भारतमाथि रोमाञ्चक जित निकाले पनि सेमिफाइनलमा पुग्न असफल भएको हो । कूल चार टोली रहेको समूहमा मलेसिया ९ अंकका साथ विजेता तथा भारत ५ अङ्कसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगे ।

यो समूहमा नेपाल र पुछारको थाइल्यान्डको समान ५ अङ्क भए नि स्कोरअन्तरको आधारमा भारत उपविजेता बन्यो । नेपालसहित समूह चरणबाट बाहिरिएका थाइल्याण्ड, बंगलादेश र चाइनिज ताइपेइले प्लेट च्याम्पियनसिपमा पुनः प्रतिस्पर्धा गर्नेछन् ।

प्लेटमा नेपालले ताइपेइ तथा थाइल्याण्डले बंगलादेशबिरुद्ध खेल्नेछन् ।नेपालले भारतलाई १२–१० पराजित गरेको थियो । नेपाल थाइल्याण्डसंग १५–७ तथा मलेसियासँग ३४–० ले पछि प¥यो । पुरुषमा ८ टिम सहभागी छन् ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘बी’ बाट युएई ९ अंककासाथ विजेता तथा दक्षिण कोरिया ७ अङ्कसहित उपविजेताको हैसियतले सेमिफाइनलमा पुगे ।

सेमिफाइनलमा भारतको भेट युएईसँग हुनेछ भने दक्षिण कोरियाले मलेसियाको सामना गर्नेछ ।महिलाको राउण्ड रोविन लिगमा भारत र थाइल्याण्डले समान ३÷३ खेल खेल्दै समान ७÷७ अङ्क जोडे । पाँच टिम सहभागी राउण्ड रोविनमा दुवैको १÷१ खेल बाँकी छ ।

समान २–२ खेल खेलेका युएई, नेपाल र मलेसियाको क्रमशः ६ अङ्क, २ अङ्क र २ अङ्क रहेको छ । नेपाल थाइल्याण्डसँग ३९–० र युएईसँग ४१–० ले पराजित भयो ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा आयोजना भएको यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता अन्तिम चरणका खेल आईतवार हुनेछन् । नेपालमा कुनैपनि अन्तर्राष्ट्रिय स्तरको रग्बी प्रतियोगिता भएको पहिलो अवसर हो ।

सम्बन्धित खवर