विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा - Crazysaptahik.com

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पूरा भएको हो । सेमिफाइनल साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया,अर्जेन्टिना र मोरक्कोले स्थान बनाएका छन् ।

अब सेमिफाइनलको पहिलो खेलमा फाइनल प्रवेशको लागि मंगलबार अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दा क्रोएसियाले ब्राजिललाई हराएको थियो ।

यस्तै दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ ।

सम्बन्धित खवर