कोहलीले रोनाल्डोका लागि लेखे भावुक पोस्ट - Crazysaptahik.com

कोहलीले रोनाल्डोका लागि लेखे भावुक पोस्ट

कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनल खेलमा मोरक्कोसँग पराजित पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ । मानिसहरूले मोरक्कोको विजयको उत्सव मनाउँदै गर्दा, ठूलो संख्यामा प्रशंसकहरूले पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई समर्थन र समवेदना प्रकट गरिरहेका छन् ।

भारतका ब्याट्सम्यान विराट कोहलीले पनि रोनाल्डोका लागि भावुक पोस्ट लेखेका छन् । विराट कोहलीले लेखेका छन्, ‘कुनै पनि ट्रफी र उपाधिले तपाईंबाट यो खेल र विश्वभरका खेलका फ्यानहरुलाई दिएको कुरा खोस्न सक्दैन ।

कुनै पनि टाइटलले यो बताउन सक्दैन कि तपाईंले आफ्ना मानिसको जीवनमा कस्तो असर पार्नुभएको छ र जब म विश्वभरीका थुप्रै मानिसहरु तपाईंले खेलिरहेको हेर्दा कस्तो महसुस गर्छौँ ।’

‘यो भगवानको उपहार हो । यो एक आशीर्वाद जस्तै हो, तपाईं जतिबेला मैदानमा आउनुहुन्छ तपाईं कठिन परिश्रम र समर्पणको प्रतिक बन्नुहुन्छ । तपाईं कुनै पनि खेलाडीका लागि एक प्रेरणा हुनुहुन्छ ।

मेरा लागि तपाईं सर्वश्रेष्ठ हुनुहुन्छ ।’पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले यो पूरै प्रतियोगितामा एक मात्र गोल गरे र त्यो पनि समूह एचको खेलमा घानासँग । यो गोल पनि पेनाल्टी सुटबाट भएको थियो ।

रोनाल्डोले आफ्नो टोलीलाई विश्वकपको उपाधि दिलाउन सकेनन् र ३६ वर्षीय स्टार स्ट्राइकरका लागि यो अन्तिम विश्वकप हुने विश्वास गरिएको छ । स्वीट्जरल्याण्डविरुद्धको खेलमा रोनाल्डोलाई बेन्चमा राखिएको कारण पोर्चुगलको टोलीको आलोचना भइरहेको छ ।

उनले क्वार्टरफाइनलमा मोरक्कोविरुद्धको पहिलो हाफमा पनि खेलेनन् तर दोस्रो हाफमा मैदानमा उत्रिएका थिए । पोर्चुगल हार्दा रोनाल्डो मैदानमा भावुक देखिन्थे ।

सम्बन्धित खवर