२२ वर्षपछि इंग्ल्याण्डलाई पाकिस्तानमा टेस्ट शृङ्खला - Crazysaptahik.com

२२ वर्षपछि इंग्ल्याण्डलाई पाकिस्तानमा टेस्ट शृङ्खला

मुल्तान टेस्टमा पाकिस्तानलाई २६ रनले हराउँदै इंग्ल्याण्डले टेस्ट शृङ्खलामाथि कब्जा जमाएको छ । पाकिस्तानको भूमिमा इंग्ल्याण्डले टेस्ट शृङ्खला जितेको यो पहिलोपटक हो भने लगातार दुई टेस्ट जितेको पनि पहिलो अवसर हो ।

यसअघि पहिलो टेस्ट इंग्ल्याण्डले ७४ रनले जितेको थियो । जीतका लागि ३५५ रनको लक्ष्य पाएको पाकिस्तानले दोस्रो इनिङ्समा ३२८ रन बनाउन सक्यो । पाकिस्तानका लागि साउद सकिलले ९४ तथा इमाम उल हकले ६० रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

इंग्ल्याण्डका लागि मार्क वुडले ४ तथा ओली रोबिन्सन र जेम्स एन्डरसनले २–२ विकेट लिए ।यसअघि पहिलो इनिङ्समा इंग्ल्याण्डले २८१ रन बनाएको थियो भने जवाफमा पाकिस्तान २०२ रनमा नै अलआउट भएको थियो । दोस्रो इनिङ्समा इंग्ल्याण्ड २७५ रनमा अलआउट भएको थियो ।

सम्बन्धित खवर