अर्जेन्टिनाका लागि नेदरल्यान्ड्विरुद्ध पेनाल्टी रोख्दै टिमलाई सेमिफाइनलमा पुगाउन महत्वपूर्ण भूमिका खेल्ने मुख्य खेलाडी हुन् मार्टिनेज । टिमका लागि दुई पेनाल्टी बचाउँदै उत्कृष्ट प्रदर्शन गरे ।
कोपा अमेरिकामा अर्जेन्टिनाका लागि कोलम्बिायाविरुद्ध पनि उत्कृष्ट पेनाल्टी बचाउ गर्दै उनले टिमलाई फाइनलमा पुगाएका थिए । पहिलो रोजाइका गोलकिपर मार्टिनेज सन् २०१० मा आर्सनलमा अनुबन्ध भएपछि इन्जुरी हुनु पूर्व सात पटक लोनमा अन्य क्लब गएका थिए ।
उनकै उत्कृष्ट प्रदर्शनमा लन्डन क्लबलाई त्यो वर्ष एफए कप उपाधि जित्न मद्दत पुग्यो । उनी पूर्ण रूपमा फिट भएपछि प्रिमियर लिग क्लब एस्टन भिल्लाले २० मिलियन युरोमा उनलाई अनुबन्ध गयो ।
सर्जियो रोमेरोको स्थान पूर्ती गर्ने खेलाडीको खोजी पूरा भयो । रुसमा आयोजित विश्वकमा उनले मौका पाएनन् । अहिले अर्जेन्टिनाले क्रोएसियासँग सेमिफाइनल खेल खेल्दै गर्दा मार्टिनेज टिमका लागि महत्वपूर्ण खेलाडी सावित हुने अनुमान गरिएको छ ।