पथरीशनिश्चरेमा प्याब्सन नगर स्तरीय फुटबल टुर्नामेन्ट २०७९ - Crazysaptahik.com

पथरीशनिश्चरेमा प्याब्सन नगर स्तरीय फुटबल टुर्नामेन्ट २०७९

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) अन्तरगर्तको अन्डर १५ फुटबल प्रतियोगिता सुरु भएको छ ।

पथरीशनिश्चरे–२ मा अवस्थित देविगञ्ज फुटबल मैदानमा सुरु भएको आजको खेलमा न्यू पेगोडा, बालजागरण, रेडस्टार, सुपब, मोरङ मेरिगोल्ड र बाल्मीकि बोर्डिङ स्कुल प्रतियोगिताको क्वाडर फाइनलमा प्रवेश गरेका छन् ।

न्यू पेगोडा बोर्डिङ स्कुलले ब्राइट फ्युचरलाई ५–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । बाल जागरणले जुनताराई ११–०, रेड स्टारले केबी मेमोरियललाई ५–०, मोरङ मेरिगोल्डले प्याराडाइजलाई २–०, वाल्मीकि बोर्डिङ स्कुलले भूपू सैनिकलाई ३–० र सुपापले अरुनोदय बोर्डिङ स्कुललाई सडन डेथको साहरामा पराजित गर्दै प्रतियोगिताको क्याटर फाइनलमा प्रवेश गरेको हो ।

सुपव र अरुनोदयवीचको खेल अवधिभर गोलरहित बराबरी, टाइब्रेकरमा ३ बराबरी गोल भएपछि सडनडेथको आधारमा निर्णय भएको थियो ।

शुक्रबारको खेलमा बाल जागरणका खेलाडी योगराज खड्का र सोहन लावतीले ह्याट्रिक गरे । यस्तै अरुणोदय र सुपव बोर्डिङ स्कुलवीचको खेलमा सुपवका खेलाडी योजन मगरले ह्याट्रिक गरेको ब्याब्सन नगर समितिको सदस्य सुजन बास्तोलाले बताए ।

भोलिको पहिलो चरणको खेल एभरेष्ट भर्सेज पेगोडा मोडन, कञ्चनजंघा भर्सेज डनबस्को बीच प्रतिस्पर्धा हुनेभएको छ ।
तीन दिनसम्म हुने प्रतियोगितामा प्रथम हुने टिम (स्कुल)लाई जिल्ला प्रतियोगितामा स्वतः प्रवेश पाउने प्याब्सन पथरीशनिश्चरे नगर समिति अध्यक्ष सुरेन्द्र लिम्बुले जनाए । मोरङ जिल्लामा रहेको १७ वटा पालिकाबाट जितेर आएको टिमहरुलाई जिल्लामा प्रतिस्पर्धा गराइने भएको छ ।

छानिएर आएको स्कुललाई प्रदेशको १४ जिल्लावीच प्रतियोगिता गराइने र प्रदेशमा विजयी हुने स्कुललाई प्याब्सनको आयोजनामा देशभर प्रतिस्पर्धा गराइने भएको छ ।

सम्बन्धित खवर