अस्टेलियाको बिग ब्यास लिगमा सिड्नी थन्डर मात्र १५ रनमा अलआउट भएको छ । टी–क्रिकेटको इतिहासमा कुनै पनि टोलीले बनाएको सबैभन्दा कम स्कोर हो ।
एडिलेड स्ट्राइकरले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याउने क्रममा टोलीले खराब प्रदर्शन गरेको थियो । टोलीका लागि नम्बर १० का ब्याट्सम्यानले सर्वाधिक ४ रन बनाएका थिए । ९ रन बनाउँदा टोलीका ५ ब्याट्सम्यान पभिलियन फर्किएका थिए ।
हेनरी थोर्टनले ३ रन खर्चिएर ५ विकेट लिए भने वेस अगरले ६ रन खर्चेर ४ विकेट लिए । सिड्नीको टोली ५.५ ओभरमा अलआउट हुँदै १२४ रनको विशाल अन्तरले पराजित भएको थियो ।
यसअघि बिग ब्यास लिगमा मेलबर्न रेनेगेड्स ५७ रनमा अलआउट भएको थियो । विश्व टी–२० क्रिकेटमा भने टर्की चेक रिपब्लिकविरुद्ध २१ रनमा अलआउट भएको थियो भने लेसोथो उगान्डाविरुद्ध २६ रनमा अलआउट भएको थियो ।