क्रोएसिया भर्सेस मोरक्को : दुई मिनेटको अन्तरमा दुई गोल - Crazysaptahik.com

क्रोएसिया भर्सेस मोरक्को : दुई मिनेटको अन्तरमा दुई गोल

तेस्रो स्थानका लागि भएको क्रोएसिया र मोरक्को बीचको खेलमा रोमाञ्चक सुरुवात भएको छ । खेलको सुरुवातमा नै दुई टोलीले एक–एक गोल गर्न सफल भएका हुन् ।

सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएको दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका हुन् ।

मोरक्कोले पहिलोपटक सेमिफाइनल यात्रा गर्दै फ्रान्ससँग पराजित हुँदै तेस्रो स्थानका लागि भिड्न लागेको हो भने गत विश्वकपको फाइनलिस्ट क्रोएसियाले यसअघि सन् १९९८ मा तेस्रो स्थान हात पारेको थियो ।

सम्बन्धित खवर