नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको मिति फेरि सयो - Crazysaptahik.com

नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको मिति फेरि सयो

नेपाल क्रिकेट संघको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको छ । यही पुस ८ गतेदेखि सुरु हुने भनिएको उक्त प्रतियोगिता अब पुस ९ गतेदेखि सुरु गरिने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् ।

उनले केही प्राविधिक कारणले प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको बताए । उक्त प्रतियोगिताको मिति सरेको यो तेस्रो पटक हो । यसअघि असोज ८ र मङ्सिर २६ गते उक्त प्रतियोगिता सञ्चालन गर्ने तय भएको थियो ।

यसैगरी क्यानले नेपाल टी ट्वान्टी लिग प्रतियोगिताको निर्देशकमा क्यानका महाप्रबन्धक वृत्तान्त खनाललाई नियुक्त गरेको छ । ​कीर्तिपुरसिथत त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता रहनेछ ।

नाइट, पोखरा एभेन्र्जस, फार वेस्र्टन युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारले प्रतियोगितमा भाग लिनेछन् ।

सम्बन्धित खवर