पथरीशनिश्चरे मिनी महोत्सवमा बहुचर्चित गायक प्रकाश सपुतले नचाए दर्शक! - Crazysaptahik.com

पथरीशनिश्चरे मिनी महोत्सवमा बहुचर्चित गायक प्रकाश सपुतले नचाए दर्शक!

क्रेजीसंवादाता
पथरी । बहुचर्चित गायक प्रकाश सपुतले मोरङको पथरीशनिश्चरे–१को जाँते मोड स्थित मिनी महोत्सवमा लोकप्रिय गीतहरु गाउँदै दमदार प्रस्तुती दिएका छन्।शुक्रबार साँझ आयोजित कार्यक्रममा सुपरिचित गायक प्रकाश सपुतले थुप्रै उनका चर्चित गीतहरु गाएर दर्शकहरूको मन जितेका थिए।

गायक सपुतले “ गल्बन्दी च्यातियो तिम्ले तानेर,, तिम्रो मयाले मलाई पीर दियो, मेरो पनि हैन र यो देश, डाँडाघरे साईली तिमी मलाई पर्दै नै मन पर्ने, कुरो बुझ्नु पर्छ, हे केटाहरु ( व्याटल ) … लगायतका थुप्रै लोकप्रिय गीतहरु गाएर दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए भने बाक्लो गरी उपस्थित भएका गायक सपुतका फ्यानहरूलाई पुसको ठन्डी मौसममा कम्मर मर्काई–मर्काई नचाएका थिए।

हाम्रो गाँउ, उज्यालो बनाऔं अभियान’को सहयोगार्थ आयोजित महोत्सवमा राष्ट्रिय स्तरका सुपरिचित गायक – गायिकाहरुको दमदार प्रस्तुति रहने आयोजक समितिका संयोजक पर्वत लामाले बताए ।

भोलि १० गते आइतबार बहुचर्चित गायिका ज्योति मगरको प्रस्तुति रहने आयोजकले जनाएको छ। गत पुस ०३ गतेदेखि – २२गतेसम्म संचालन हुने महोत्सवबाट संकलन भएको रकमबाट पथरीशनिश्चरे –१का विभिन्न चोक र टोलहरूमा सडक बत्ती जडान गरी रातमा उज्यालो पार्ने अभिप्रायका साथ आयोजना हुने महोत्सवमा स्थानीय कलाकारहरुको साथमा लोकप्रिय गायक गायिकाहरू क्रमशः राजेशपायल राई,प्रमोद खरेल, मिलन नेवार, यश कुमार, एलिना चौहान, प्रीति आले, लाहुरे , लगायतको उपस्थिति रहने आयोजक समिति सुनाखरी युवा क्लवका सचिव मणि लुम्फूवा लिम्बूले जनाएका छन्।

साथै,रोटेपिङ,हाउजीङ , सर्कस, लगायतका विविध मनोरञ्जन दिने खेल सामाग्रीहरू प्रस्तुत भईरहेका छन् । सोही अवसरमा सावाहाङ लिम्बुले आफ्नो गायकी प्रस्तुत गर्नुका साथै स्थानीय अन्य कलाकारहरुको बेजोड डान्स रहेको थियो। यसैगरी, पुस –१२ गते राजेशपायल राईले प्रस्तुति दिने भएका छन्।

सम्बन्धित खवर