क्रेजी संवाददाता
केराबारी । ‘ऐतिहासिक, धार्मिक , साँस्कृतिक मच्छिद्र मेलाको पहिचान, कृषि र आन्तरिक पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मच्छिन्द्र मेला, कृषि र पर्यटन व्यापार महोत्सव हुनेभएको छ ।
केराबारीमा प्रवेशद्वार (डिजिटल गेट) निर्माणार्थ मोरङको केराबारीमा यही पुस १३ गतेदेखि १९ सम्म महोत्सव लाग्ने भएको हो । आयोजक केराबारी ब्यापार प्रबन्ध समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएको हो ।
महोत्सवबाट स्थानीय र प्रदेश सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई ब्यापारिक कृषि तथा पर्यटकीय क्षेत्रको विकास गर्ने, ग्रामीण बजारको बिस्तारसँगै यस क्षेत्रमा उत्पादित कृषि जन्य वस्तुको विस्तार र प्रर्वद्धन गर्ने, लोप हुन लागेका लोक कला संस्कृति र सािहत्यको जर्गेना गर्ने, यस क्षेत्रमा रहेका पर्यटकीय तथा धार्मिक क्षेत्रहरुको संरक्षण र विस्तारमा टेवा पु¥याउने, आन्तरिक पर्यटनको विकाससँगै कृषि उपज वस्तु तथा सामाग्रीहरुको विक्री वितरण सहितको प्रर्वद्धन गर्ने लगायतका उद्देश्यहरु रहेको आयोजकले जनाएको छ । महोत्सवको आवश्यक तयारी तिव्र रुपमा भइरहेको समितिका अध्यक्ष किशन शाहीले जानकारी गराए ।
करिब १ सय वटा स्टल रहने सो मेलालाई व्यवस्थित बनाउन मेला स्थलमा पार्किङसँगै मेलास्थलमा सीसी क्यामेराको निगरानी समेत गरिने मेला आयोजक समितिले जनाएको छ ।
मेलामा नेपालका गायक तथा गायिकाहरु राजेश पायल राई, प्रमोद खरेल, एलिना चौहान, लाहुरे, मुन प्रसाँई,अस्मिता अधिकारी,प्रबिशा अधिकारी लगायतका विभिन्न कलाकारहरुका साथ स्थानीय कलाकारहरुले प्रस्तुती रहने छ । मेलामा रोहटेपिङ झुल्ला, वाल बालिकाहरुको खेल तमासा, नौका झुल्ला राखिने बताइएको छ ।
केराबारी–८ मा अवस्थित प्रस्तावित केराबारी रंगशालामा सञ्चालन हुने मेलामा ५० हजार बढीले अबलोकन गर्ने र अनुमानित ५० लाख बराबरको कारोबार हुने आयोजकको भनाइ छ ।
खर्च कटाएर आम्दानी भएको रकमबाट केराबारी प्रवेशद्वार (डिजिटल गेट) निर्माण गर्ने लक्ष्य लिएको केराबारी व्यापार संघका महासचिव टेकवहादुर कार्कीले बताए । महोत्सवका अवसरमा पालिका स्तरीय फुटबल प्रतियोगिता समेत आयोजना गरिने भएको छ ।