पथरीशनिश्चरे वडा नं. ८ द्वारा विद्यार्थीहरूलाई छात्रवृत्ति - Crazysaptahik.com

पथरीशनिश्चरे वडा नं. ८ द्वारा विद्यार्थीहरूलाई छात्रवृत्ति

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे वडा नं. ८ ले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रम अन्तर्गत वडाका ३६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

जसमध्ये पथरी बहुमुखी क्याम्पसमा अध्ययनरत २२ जनालाई ५ हजारका दरले र बुद्ध मावि कक्षा ११, १२ मा अध्ययनरत १४ जनालाई २८ सयका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

सो कार्यक्रममा आफ्ना कुरा राख्ने वडाध्यक्ष नवीन कार्कीले आफूहरुले वडामा कसैले पनि आर्थिक अवस्था कमजोर भएकै करण पठनपाठन गर्न बन्द गर्न नपरोस भन्ने हेतुले यस कार्यक्रमको सुरुवात गरिएको बताउनुभएको छ । अध्यक्ष कार्कीले भन्नुभयो–‘छात्रवृत्ति कार्यक्रम ५ वर्ष सम्म निरन्तर चल्ने र विद्यार्थीहरुले वडाको सबै तथ्याङ्क संकलन गर्न सहयोग गर्नुहोला ।’

कार्यक्रममा अतिथिका रुपमा रहेका पथरी बहुमुखी क्याम्पसका प्रमुख शान्तिराम तिम्सिनाले वडा नं. ८ को यो कार्यक्रमबाट अरु सबै वडाले सिक्नुपर्ने बताउदै विद्यार्थीहरुलाइ बधाई दिनुभएको छ । प्रमुख अतिथिका रुपमा रहेका पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापोले वडा नं. ८ ले सुरुवाती समयदेखि नै जनमुखी कामहरु गर्दै आएकोले आफूलाई खुशी लागेको कुरा ब्यक्त गर्दै नगरपालिकाले सबै शाखाहरु भन्दा शिक्षामा बढी बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

बुद्ध माविका सहायक प्रधानाध्यापक भरतबहादुर खड्काले संचालन गरेको कार्यक्रममा वडा सदस्य बाबुराम चौधरी, शिवकुमारी विश्वकर्मा, बुद्ध माबिका प्रधानाध्यापक बोधराज सिग्देल, छात्रवृत्ति प्राप्न गर्ने विद्यार्थीहरु र अभिभावकहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर