डेभिड वार्नर आफ्नो १ सयौँ टेस्टमा शतक बनाउने १० औँ खेलाडी बनेका छन् भने दोहोरो शतक बनाउने मात्र दोस्रो खेलाडी पनि बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध एमसीजीमा वार्नरले तीन वर्षको शतक खडेरी पनि अन्त्य गरेका छन् ।
सन् २०२० को जनवरी यता उनले २७ इनिङ्समा शतक बनाउन सकेका थिएनन् । टेस्ट क्रिकेटमा उनको २५ औँ टेस्ट शतक हो भने तेस्रो दोहोरो शतक हो ।
यसअघि अस्ट्रेलियाबाट रिकी पोन्टिङले आफ्नो १ सयौँ टेस्टमा शतक बनाएका थिए । वार्नर अघि इंग्ल्याण्डका जो रुटले मात्र आफ्नो १ सयौँ टेस्टमा दोहोरो शतक बनाएका थिए ।
यस्तै, वार्नर आफ्नो १ सयौँ एकदिवसीय खेल र १ सयौँ टेस्टमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । यसअघि गोर्डन ग्रिनिजले उपलब्धि हासिल गरेका थिए । यसैगरी टेस्ट क्रिकेटमा ८ हजार पुरा गर्ने उनी आठौँ अस्ट्रेलियन खेलाडी बनेका छन् ।