युनाइटेडको सहज जित - Crazysaptahik.com

युनाइटेडको सहज जित

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टमाथि सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कुस राषफोर्ड, एन्थोनी मार्सियल र फ्रेडले एक–एक गोल गरे । खेलको १९ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २२औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । खेलको ८७ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई ३–० को जित दिलाए । जितसँगै युनाईटेडले १५ खेलमा २९ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । पराजित नटिङघम फरेस्ट १३ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

सम्बन्धित खवर