बर्नमाउथविरुद्ध चेल्सीको सहज जित - Crazysaptahik.com

बर्नमाउथविरुद्ध चेल्सीको सहज जित

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति चेल्सीले एफसी बर्नमाउथलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान स्टाफोर्ड ब्रिजलमा चेल्सीले सहज जितसँगै तीन अंक जोडेको हो ।

चेल्सीको जितमा काइ हाभार्टज र मासोन माउन्टले समान एक एक गोल गरेका थिए । दुबै गोल पहिलो हाफमा सम्भव भएको हो । खेलको १६औं मिनेटमा रहिम स्टर्लिङको पासमा हाभार्टजले पहिलो गोल गरे ।

२४ औं मिनेटमा माउन्टले दोस्रो गोल गरेका थिए । हाभार्टजले दोस्रो गोल ४४औं मिनेटमा गरेपनि भिएआरले त्यसलाई मान्यता दिएन । जितपछि चेल्सी १५ खेलबाट २४ अंक सहित आठौं स्थानमा उक्लिएको छ ।

बर्नमाउथ १६ खेलबाट समान अंकसहित १४ औं स्थानमा छ । मंगलबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फोरेस्टलाई ३–० ले पराजित गरेको छ ।

 

सम्बन्धित खवर