किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ? - Crazysaptahik.com

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्स सोमबार जनकपुर रोयल्ससँग पराजित भएपनि टोलीका विकेटकिपरको विश्वभर चर्चा भइरहेको छ । दुईवटा उत्कृष्ट रन आउट गरेका साउदको तुलना भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीसँग तुलना गरिँदैछ ।

रोयल्स नवौँ ओभरमा ४४ रनमा २ विकेट गुमाएको स्थितिमा रहेको थियो । साउदले सोही ओभरमा उत्कृष्ट रन आउट गर्दै दुईवटा विकेट लिएका थिए ।

ओभरको चौथो बलमा उनले सन्दीप जोरालाई शिकार बनाए भने अन्तिम बलमा राजेश पुलामीलाई दोस्रो शिकार बनाए ।

सम्बन्धित खवर