नेपाल टी–ट्वान्टी लिगमा विराटनगर किङ्सले पहिलो जित निकालेको छ । बुधराब भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै विराटनगरले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
एक ओभर छोट्याइएर १९ ओभरमा भएको खेलमा पोखरा एभेन्जर्सले दिएको १४० रनको लक्ष्य विराटनगरले १७ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्यो । विराटनगरका लागि हुसेन अविजित रहँदै ५० रनको अर्धशतकीय ईनिङ खेले ।
त्यस्तै अर्जुन साउद २५ रन बनाउँदा कप्तान आन्दे्र म्याकार्थीले २१ रनको योगदान गरे । पोखराका लागि कुशल मल्ल र शरद भेषवाकरले समान दई\दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पोखराले १९ ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
पोखराका लागि कुशल मल्लले ३७ रनको योगदान गरे । त्यस्तै सिद्धान्त लोहनीले २६ रन बनाउँदा कप्तान उपुल थरंगा १९ रनको योगदान गरे । विराटनगरका लागि हुसेन तलत र राज नाननले समान दुई÷दुई विकेट लिए ।
पहिलो जित हात पारेको विराटनगर तीन खेलमा २ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । लगातार चौथो हार व्यहोरेको पोखरा र्अक बिहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।