बागमतीमाथि हङकङ क्रिकेट क्लबको जित - Crazysaptahik.com

बागमतीमाथि हङकङ क्रिकेट क्लबको जित

बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट श्रृङखलाअन्तर्गत पहिलो टी–ट्वान्टी खेलमा हङकङ क्रिकेट क्लबले मंगलबार आयोजक बागमती प्रदेशलाई ५७ रनले हराएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १११ रन बनायो ।

बागमतीका लागि विन्दा कट्वाल र खुशी डङगोलले सर्वाधिक १८–१८ रन बनाए । त्यस्तै मेलिसा गुरुङले १७ रन बनाउँदा सलिना सिलवालले १५ रनको योगदान गरिन् । हङकङका लागि इमान चाइले दुई विकेट लिँदा कारेन पुमले एक विकेट लिए ।

यसअघि, हङकङको पालिमा लेमन छुङ्गेले ३१ बलमा ६ चौकासहित सर्वाधिक ४० रनको योगदान गरिन् । त्यस्तै बेटी चानले २७ बलमा चार चौकासहित ३३ रनको योगदान गर्दा इमा चाइले १५ र केरी चानले २६ रनको योगदान गरे ।

यता बागमतीकी सोनी पाख्रिन र मेलिसाले दुई–दुई विकेट लिइन् । त्यस्तै अस्मिना कर्माचार्य र खुशीले एक–एक विकेट हात पारे । यस नतिजासँगै श्रृंखलामा हङकङले अग्रता बनाएको छ । दोस्रो खेल आज हुनेछ ।

सम्बन्धित खवर