स्पेनको दोस्रो डिभिजनको लिग क्लब कासेरेन्यो सिपीले मैत्रीपूर्ण खेलमा नेपालको गण्डकी–११ लाई ३–० गोल अन्तरले हराएको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा कासेरेन्योलाई जित दिलाउन कार्मेलो मोरा, मिगुएल एन्जल कारिलेरो गोन्जालेज र बेर्मुले एक–एक गोल गरे ।
खेलको २३ औं मिनेटमा कार्मेलोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३० औं मिनेटमा मिगुएलले गोल गर्दै कासेरेन्योलाई २–० को अग्रता दिलाए । खेलको ९० औं मिनेटमा बेर्मुले गोल गर्दै कासेरेन्योलाई ३–० को जित दिलाए ।
नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको दोस्रो डिभिजनको क्लब कासेरेन्योले बिहीबार दशरथ रंगशालामा काठमाडौं–११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ ।