बुवालाई पछ्याउँदै रोनाल्डो जुनियर युनाइटेड छाड्दै रियलसँग आबद्ध - Crazysaptahik.com

बुवालाई पछ्याउँदै रोनाल्डो जुनियर युनाइटेड छाड्दै रियलसँग आबद्ध

क्रिस्टियानो रोनाल्डो जुनियर आफ्नो बुवालाई पछ्याउँदै म्यानचेस्टर युनाइटेड छोडेर रियल म्याड्रिडको एकेडेमीमा पुनः अनुबन्ध भएका छन्। १२ वर्षीया रोनाल्डो जुनियरले रियल, युभेन्टस र त्यसपछि युनाइटेडको प्रतिनिधित्व गर्दै आफ्नो बुबा आबद्ध जुनसुकै क्लबको युवा श्रेणीमा खेलेका छन् ।

अब, नोभेम्बरमा पियर्स मोर्गनसँगको अन्तर्वार्तापछि युनाइटेडबाट रोनाल्डो बाहिरिएपछि, उनका छोराले पनि क्लब छाडेका हुन् । पत्रकार एडु कोर्नागोले मंगलबार रोनाल्डो जुनियरको रियलको एकेडेमीमा फर्केको बारेमा ट्वीट गरेका थिए ।

रोनाल्डो जुनियरले यसअघि रियलका २० खेलमा ५० भन्दा बढी गोल गरेका थिए । यो महिनाको सुरुमा रोनाल्डोले आफ्नो पूर्व क्लब रियलसँग संक्षिप्त प्रशिक्षण गरेका थिए ।

क्रिस्टियानो जुनियर सन् २०१० मा स्यान डिएगोमा जन्मेका थिए र उनको उपनाम ‘क्रिस्टियानिन्हो’ वा ‘लिटिल क्रिस्टियानो हो।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.