दक्षिण अफ्रिकामाथि अस्ट्रेलियाको शानदार जीत, शृङ्खलामा कब्जा - Crazysaptahik.com

दक्षिण अफ्रिकामाथि अस्ट्रेलियाको शानदार जीत, शृङ्खलामा कब्जा

अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई एक इनिङ्स र १८२ रनको विशाल अन्तरले हराउँदै एक खेल बाँकी छँदै टेस्ट शृङ्खलामा कब्जा जमाएको छ । मेलबर्न टेस्टमा चौथो दिनको खेलमा एक विकेटको क्षतिमा १५ रनको अवस्थाबाट दिनको सुरुवात गरेको दक्षिण अफ्रिका २०४ रनमा अलआउट हुन पुगेको हो ।

अफ स्पीनर नाथन लियोनले ५८ रन खर्चेर ३ विकेट लिए भने टेम्बा बाभुमाले ६५ रन बनाए । दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा १८९ रन बनाएको थियो भने अस्ट्रेलियाले ८ विकेटको क्षतिमा ५७५ रन बनाउँदै आफ्नो पारी समाप्तीको घोषणा गरेको थियो ।

खेलमा दोहोरो शतक बनाएका डेभिड वार्नर प्लेअर अफ द म्याच घोषित भए । अन्तिम टेस्ट अब जनवरी ३ मा सिड्नीमा खेलिनेछ । अस्ट्रेलियाले पहिलो टेस्ट मात्र दुई दिनभित्र जितेको थियो ।

आजको जीतसँगै अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसीप टेबलको शीर्ष स्थानमा आफ्नो अग्रता फराकिलो बनाएको छ । शृङ्खलाको सुरुवातमा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका चौथो स्थानमा खस्किएको छ ।

सम्बन्धित खवर