गाक्पो भित्र्याउँदै लिभरपुल - Crazysaptahik.com

गाक्पो भित्र्याउँदै लिभरपुल

लिभरपुलले डच क्लब पीएसभी एइन्डहोभनसँग नेदरल्याण्डका फरवार्ड कोडी गाक्पोलाई अनुबन्ध गर्ने विषयमा सहमति गरेको छ । लिभरपुलले खेलाडीलाई ४–५ करोड युरो खर्च गर्ने बताइएको छ जुन डच क्लबको लागि कीर्तिमानी रकम हुनेछ ।

२३ वर्षीय गाक्पो आगामी जनवरीदेखि सुरु हुने ट्रान्सफर विन्डोबाट क्लबमा औपचारिकरुपमा आबद्ध हुनेछन् । उनले क्लबसँग सन् २०२८ सम्म रहने करार गर्ने बुझिएको छ । लिभरपुलसँग आबद्ध हुन पाउँदा गाक्पोले खुसी व्यक्त गरेका छन् ।

‘यस उत्कृष्ट क्लबसँग प्रशिक्षण सुरु गर्न खेल्नका लागि उत्साहित छु,’ उनले भनेका छन् ।गाक्पोले हालै सम्पन्न विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । ३ गोल गर्दै उनले नेदरल्याण्ड्सलाई क्वार्टरफाइनलसम्म पु¥याउन ठूलो योगदान दिएका थिए ।

यता पीएसभीका लागि उनले यो सिजन १४ लिग खेलमा ९ गोल गर्नुका साथै १२ वटा गोलका अवसरहरू सिर्जना गरेका छन् ।

सम्बन्धित खवर