जनकपुर टी–ट्वान्टी लिगको दोस्रो स्थानमा उक्लियो - Crazysaptahik.com

जनकपुर टी–ट्वान्टी लिगको दोस्रो स्थानमा उक्लियो

जनकपुर रोयल्स पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको दोस्रो स्थानमा उक्लेको छ । बिहीबार भएको खेलमा जनकपुरले फार वेस्ट युनाइटेडलाई ८ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लन सफल भयो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा फार वेस्टले दिएको १७० रनको लक्ष्य जनकपुरले १८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो । जनकपुरका लागि सन्दीप जोराले ७७ रनको अर्धशतकीय पारी खेले त्यस्तै चाडविक वाल्टनले पनि अविजित ६९ रनको अर्धशतकीय पारी खेले ।

फार वेस्टका लागि करण केसीले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ६ विकेट गुमाएर १६९ रन बनाएको थियो । फार वेस्टका लागि करण केसीले सहयोगमा ४६ रन बनाए ।

त्यस्तै भिम सार्कीले अविजित ३६ रन बनाउँदा देव खनाल २२ रनको योगदान गरे ।जनकपुरका लागि ललित नारायण राजवंशीले २ विकेट लिए । त्यस्तै सोमपाल कामी र जितेन्द्र मुखियाले समान १÷१ विकेट लिए ।

जितसँगै जनकपुर ४ खेलमा ६ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार खेल खेलेर १ जित हात पारेको फारवेस्टले २ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।

सम्बन्धित खवर