पथरीशनिश्चरेमा तमु लोसार भब्यताका साथ सम्पन्न - Crazysaptahik.com

पथरीशनिश्चरेमा तमु लोसार भब्यताका साथ सम्पन्न

पथरी –  मोरङको पथरीशनिश्चरेमा ‘गुरुङ जातिको तमु लोसार पर्व भब्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा मोरङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद शुनिलकुमार शर्माले आफू गुरुङ जातिको उत्थान र गुम्बाको विकासको निम्ति सधैं प्रतिवद्ध भएर लाग्ने बताएका छन् । ल्होसारको अवसरमा मोरङको पथरीशनिश्चरे वडा नं १ मा अवस्थित तमु गुम्बामा आयोजित कार्यक्रममा बोल्दै सांसद शर्माले उक्त कुरा बताएका हुन् ।

 

 

कार्यक्रमका विशिष्ट अतिथि पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्बापोले नगर भित्रका धार्मिक सम्पदाहरुको संरक्षण तथा प्रवद्र्धनमा नगर सधैं लागि पर्ने प्रतिवद्धता जनाए । नेपाल बहुभाषिक, बहुधार्मिक आस्था बोकेको राष्ट्र भएको र एकअर्काको धर्म र सँस्कृतिको संरक्षणमा सबै एकजुट भएर लागे मात्र आपसी भाइचाराको सम्बन्ध कायम गर्न सकिने बताए ।

 

कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रमका साथै गुरुङ पहिरनमा नृत्य प्रस्तुति प्रस्तुति रहेको थियो । कार्यक्रममा गायक नन्दु गुरुङको पनि बेजोड प्रस्तुती दिएका थिए । उनले कार्यक्रममा मन पाराउछु भन्छे उसल …, संगसगै कान्छि.., समर्पण.. लगायतका गितहरु गाएर माहोल तताएका थिए ।

कार्यक्रम गुम्बा समितीका अध्यक्ष गणेशप्रसाद घलेको अध्यक्षतामा भएको थियो । तमु ल्होसार गुरुङ समुदायले प्रमुख चाडको रुपमा मनाउँदै आएको छ ।

 

 

सम्बन्धित खवर