नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा रेडस्टार प्रथम - Crazysaptahik.com

नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा रेडस्टार प्रथम

क्रेजी संवाददाता
पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरेले आयोजना गरेको नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि रेडस्टार माविले आफ्नो पोल्टामा पारेको छ ।
आज वडा नं. १ को भू.पू. सैनिक अंग्रेजी विद्यालयको हातामा भएको लोकनृत्य प्रतियोगितामा रेडस्टार माविले सिनियर/ जुनियरतर्फ दुवैमा प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

यस्तै दोस्रो स्थान सिनियर/ जुनियरतर्फ एभरेष्ट मावि र तेस्रो स्थान सिनियर/जुनियरतर्फ मोरङ मेरिगोल्डले हासिल गर्न सफल भयो । प्रतियोगितामा सिनियरतर्फ ८ वटा र जुनियरतर्फ ६ वटा विद्यालयहरूले सहभागिता जनाएको थियो ।

प्याब्सन पथरी शनिश्चरेका अध्यक्ष सुरेन्द्र लिम्बुको अध्यक्षतामा भएको प्रतियोगितामा नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्ले र अधिकृत नवीन खुलाल बुढाथोकी, ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक शुशिल कुमार पाण्डे, प्याव्सन प्रदेश कमिटीका सह–सचिव नवोल किशोर खनाल, व्याव्सन जिल्ला सदस्य राजु तिम्सिना लगायत अतिथि रहनुभएको थियो ।

सम्बन्धित खवर