जन्मदिनमा बोखिमद्वारा साधुसन्तलाई फलफूल र खाद्यान्न वितरण - Crazysaptahik.com

जन्मदिनमा बोखिमद्वारा साधुसन्तलाई फलफूल र खाद्यान्न वितरण

क्रेजी संवाददाता
शिवसताक्षी । झापा शिवसताक्षीका युवा नेता एवं समाजसेवी तुला बोखिमले आफ्नो जन्मदिन साधु, सन्त र महन्तहरुसँग मनाएका छन् ।
पूर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष समेत रहेका बोखिमले आज सताक्षीधाम पुगेर साधु, सन्त र महन्तहरुसँग भेटघाट गरी आर्शिवाद लिएका छन् । सो स्थानमा आश्रित एक दर्जन बढी साधुहरुलाई बोखिमले खाद्यान्य सामाग्रीहरु वितरण गर्नुका साथै उनीहरुलाई फलफूल र मिठाई वितरण गरेका हुन् ।
बोखिम नेपाली कांग्रेस शिवसताक्षी नगरपालिकाका लोकप्रिय र स्थापित युवा नेता हुन् । कांग्रेक भातृ संगठन तरुण दलको नगर सभापति हुँदैं झापा निर्वाचन क्षेत्र नं ४ को सभापति, जिल्ला र केन्द्रीय जिम्मेवारी पूरा गर्दै हाल बोखिम शिवसताक्षीमा कांग्रेस नगर समितिमा सक्रिय छन् ।

 

सम्बन्धित खवर