प्याब्सन लोकनृत्य प्रतियोगितामा रेडस्टारलाई सफलता - Crazysaptahik.com

प्याब्सन लोकनृत्य प्रतियोगितामा रेडस्टारलाई सफलता

क्रेजी संवाददाता
मोरङ । मोरङको पथरीशनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार माविले मोरङ जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा सफलता हासिल गरेको छ ।
रेडस्टारले जुनियर तथा सिनियर दुवैतर्फको प्याब्सन लोकनृत्य प्रतियोगितामा क्रमशः प्रथम र द्वितीय स्थान हासिल गरेको छ ।
शनिबार प्याब्सन मोरङले विराटनगरमा आयोजना गरेको लोकनृत्य प्रतियोगिताको फाइनलमा रेडस्टारले उक्त दुई उपाधिमाथि कब्जा जमाएको हो । सो प्रतियोगिताको लागि पथरीशनिश्चरे नगरबाट सिनियर र जुनियरतर्फ दुवैको प्रथम स्थान हासिल गरेको थियो ।
फाइनलमा जुनियरतर्फ रेडस्टारले २० विद्यालयलाई पछि पार्दै उपाधि हात पारेको हो भने सिनियरतर्फको सत्र वटा विद्यालयलाई पराजित गर्दै द्वितीय स्थान हासिल गरेको छ । यस्तै जुनियर तर्फको द्वितीय सुन्दरहरैचाको स्कलर्सहोम स्कुल, तृतीय पथरीको एभरेष्ट स्कुल र सान्तवना बुढीगंगा गाउँपालिकाको मोरङ पब्लिक स्कुल भयो । यसैगरी, सिनियरतर्फको प्रथम सुन्दरहरैचाको सुबिजिमुर स्कुल, तृतीय बेलबारीको बालजगत स्कुल र सान्तवना सुन्दरहरैचाको बालप्रतिभा स्कुल भएको छ ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १५ हजार, द्घितियले १० हजार,तृतीयले ५ हजार रुपैयाँको साथै ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सिनियर तर्फका विजेता र उप विजेता टिमले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगितामा सहभागी ३८ वटा विद्यालयहरु मोरङका विभिन्न पालिकाबाट ४÷१ को अनुपातमा छनौट भइ फाइनलमा पुगेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्याब्सनले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्दै संस्कृति संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । सोही अवसरमा प्याब्सन मोरङले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष जिल्लास्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिता गर्दै आएको प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए ।

सम्बन्धित खवर