पथरी बहुमुखी क्याम्पसले गर्यो विद्यार्थीलाई स्वागत - Crazysaptahik.com

पथरी बहुमुखी क्याम्पसले गर्यो विद्यार्थीलाई स्वागत

क्रेजी संवाददाता
पथरी।
पथरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले विद्यार्थीहरुलाई स्वागत गरेको छ । सोमबार क्याम्पसको सभाहलमा आयोजित स्वागत तथा सांस्कृतीका कार्यक्रममा प्रथम वर्षमा भर्ना भएका नयाँ विद्यार्थीहरु स्वागत गरेको हो ।

सो कार्यक्रममा विद्यार्थीहरुले आफ्नो दमदार प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी पथरीशनिश्चरे १ का वडाध्यक्ष भिम राई, विशिष्ट अतिथी क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, प्राध्यापक संगका अध्यक्ष उपेन्द्र बस्नेत, ब्यवस्थापन संकाय प्रमुख घनेद्र कार्की, नेपाली विभाग प्रमुख लक्ष्मी ठुङ्गेल, अंग्रेजी विभाग प्रमुख शंकर देवान, मानवीकी संकाय प्रमुख भिम लुङटेल, जनसंङख्या विभाग प्रमुख नारायण गौतम लगायत अतिथिहरुको उपस्तिथि रहेको थियो ।

स्ववियु सभापति केशर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई स्ववियु सचिव भुपाल खतिवडाले संचालन गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.