‘बेबी प्लान’सहित अमेरिका उडिन् रेखा थापा - Crazysaptahik.com

‘बेबी प्लान’सहित अमेरिका उडिन् रेखा थापा

अमेरिकामा सन्तान जन्माउने योजनासहित अभिनेत्री रेखा थापा त्यसतर्फ लागेकी छन् । पति बलराम शाहीसहित उनी शुक्रबार अमेरिका पुगिसकेकी छिन् ।
शनिबार बिहान श्रीमानको जन्मदिन सेलिव्रेसन गरेको तस्वीर अमेरिकाबाटै पोस्ट गरेकी छन् । उड्नुअघि अनलाइनखबरसँगको कुराकानीमा पनि रेखाले अमेरिकामा ‘बेबी प्लान’बारे कुरा गर्दै यसबारे संकेत दिएकी थिइन् ।
अमेरिकामा ‘बेबी प्लान’ आफ्नो भन्दा पनि श्रीमानको चाहनामा हुन लागेको उनले बताएकी थिइन् । रेखाका श्रीमानको परिवार त्यहाँ बसोबास गर्दै आएको छ । काठमाडौंबाट बुधबार राती अमेरिकातर्फ उड्नुअघि रेखा र बलरामले ‘प्रेगनेन्सी फोटोसुट’ पनि गरेका थिए जुन तस्वीर प्राप्त भएको छ ।
रेखा अमेरिकामा ५ महिना बस्नेछिन् । चिकित्सकले रेखालाई माघको डेलिभरी डेट दिएका छन् । यसको अर्थ रेखा आगामी फिल्म ‘उपहार’को रिलिजको समयमा अमेरिकामै हुनेछिन् । भर्चुअल माध्यमबाटै फिल्मको प्रचार गर्ने उनको तयारी छ ।
बेबी प्लानबाहेक रेखा दम्पतिले अमेरिका भ्रमणलाई बिदा मनाउने अवसरको रुपमा समेत लिएको छ । ‘बिहेपछि कहिले चुनाव र कहिले फिल्मको कामले गर्दा बिदा मनाउन जान पाएका थिएनौं, त्यो मौका पनि हो’ रेखाले भनेकी थिइन् ।

सम्बन्धित खवर