पञ्चायत नमूना माविमा फुड फेस्टिबल - Crazysaptahik.com

पञ्चायत नमूना माविमा फुड फेस्टिबल

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा स्थापित श्री पञ्चायत नमूना माध्यमिक विद्यालयको आयोजनामा ह्याप्पी फुड फेस्टिबल २०८० सम्पन्न भएको छ ।
आज सो कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भीम राई, विद्यालयका शिक्षक, शिक्षिका, सञ्चारकर्मी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालय हातामा भएको सो फुड फेस्टिबलमा १३ वटा स्टल राखिएको थियो ।
विद्यालयलको वार्षिक कार्ययोजना अनुसार हरेक महिनाको अन्तिम शुक्रबार फेस्टिबल आयोजना गरिने प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिनुभयो । यस कार्यक्रमबाट विद्यार्थीहरु एकदमै उत्साहित रहेको प्रधानाध्यापक बुढाथोकीले बताउनुभयो ।

सम्बन्धित खवर