कवर्डहलको स्तरोन्नतिका लागि बजेटको अपेक्षा - Crazysaptahik.com

कवर्डहलको स्तरोन्नतिका लागि बजेटको अपेक्षा

क्रेजी संवाददाता
उर्लाबारी । खेलाडीले चन्दा संकलन गरी निर्माण गरेको ब्याडमिन्टन कवर्ड हल स्तरोन्नति नहुँदा नियमित खेल गतिविधि प्रभावित बनेको छ । उर्लाबारी–७ मा रहेको कवर्डहलको स्तरोन्नतिका लागि निकायसँग बजेट माग गरिएको छ ।
बर्षयाममा डुबानमा पर्ने समस्याका अलवा विविध संरचना र सामग्री थप गरी कवर्डहललाई स्तरोन्नति गर्नुपर्ने खेलाडीहरुको माग रहेको छ । उर्लाबारी नगरपालिकासंग आवश्यक सहयोगका लागि अपेक्षा गरिएको उर्लाबारी भेट्रान ब्याडमिन्टन क्लबका अध्यक्ष राजिन्द्र भण्डारी ‘रमेश’ले बताए । तीन वर्ष अघि लिजमा जग्गा लिएर स्थानीय खेलप्रेमीहरुबाट आर्थिक सहयोग जुटाइ कवर्डहल निर्माण गरिएको हो । करिब १० लाख खर्चिएर ब्याडमिन्टन कवर्ड हल निर्माण गरिएपनि शौचालय, विद्युत लाइटको स्तरोन्नति गर्नुपर्ने, प्रतियोगिता आयोजना हुँदा चाहिने प्राविधि, टेबल, कुर्सी लगायत सामग्री अत्यावश्यक रहेको अध्यक्ष भण्डारीको भनाई छ । कवर्डहलको ब्याटमिन्टन कोर्टमा समथर बनाई पार्केटिङ गरिएको थियोर्। उर्लाबारी नगर ब्याडमिन्टन संघका अध्यक्ष हंसराज फागोलगायतले श्रमदान गरेका थिए ।
उर्लाबारीमा पछिल्लो समय ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । उर्लाबारी – ७ मा अवस्थित यो कवर्डहलमा सुरक्षाकर्मीदेखि विभिन्न पद र ओहोदामा रहेका व्यक्तिहरु खेलमा भाग लिने गरेका छन् । राष्ट्रिय स्तरकै प्रतियोगिता आयोजना गर्न मिल्ने कवर्ड हल भएपनि आवश्यक पुवाधार कमि हुँदा समस्या आएको उर्लाबारी ७ का ब्याडमिन्टन खेलाडी हरिकुमार श्रेष्ठ सुझाउँछन् ।
शारिरिक व्यायमका लागि बिहान, बेलुकीको समयमा ब्याडमिन्टन खेल्नेहरुको उल्लेख्य संख्या भएको जनाउदै कवर्ड हल सुविधायुक्त हुनुपर्नेमा अर्का खेलाडी लोलिम पोमु लिम्बुले बताए ।

सम्बन्धित खवर