मिलन चौकमा पुस १४ गते चासोक तङ्नाम मनाइने - Crazysaptahik.com

मिलन चौकमा पुस १४ गते चासोक तङ्नाम मनाइने

क्रेजी संवाददाता
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ७ मिलन चौकमा भव्यरुपमा चासोक तङ्नाम मनाइने भएको छ ।
मिलन साँस्कृतिक परिवारको आयोजनामा हुने सो चासोक तङ्नाम यही पुष १४ गते शनिबार मनाइने भएको हो । आज वडा नं. २ को मंगलबारेमा अवस्थित डी क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सो जानकारी गराइएको थियो ।

सो कार्यक्रमका लागि चल्तीका गायक दीपक लिम्बु र मुन्धुमी गायिका गंगा फ्याकको बेजोड सांगीतिक प्रस्तुति रहनेछ । यसैगरी चासोक सेवा पुजा तथा प्रसाद वितरण कार्यक्रम, छेलो (पलङ), धुन (लि), डोरी तान्ने (इधाक), सम्मान तथा पुरस्कार, स्थानीय कलाकारहरुको प्रस्तुति साथै केलाङ प्रस्तुत गरिने कार्यक्रम संयोजक नविन ईजमले जानकारी दिनुभयो ।
सो कार्यक्रमका लागि कूल लागत ५ लाख लाग्ने र सोको लागि स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइहरुबाट जम्मा भइरहेको आर्थिक संयोजक अम्बरसिंह आङदेम्बेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘विशेष गरेर मलेशियाबाट सुरेन्द्र सम्वाहाम्फे (मनु) र हङकङबाट माइतराज लिम्बुले संयोजन गरिरहनुभएको छ ।’
चासोक तङ्नाम २०८० लाई भव्य र सभ्य बनाई आयोजना गरिने आयोजकका अध्यक्ष राज खजुमले बताउनुभयो । पत्रकार सम्मेलनमा आयोजकका व्यवस्थापन संयोजक सन्तोष थेगिमले शिवसताक्षीवासीहरुलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न र उपस्थिति जनाइदिनहुन अनुरोध गर्नुभयो । मिलन साँस्कृतिक परिवारले हरेक वर्ष चासोक तङ्नाम धुमधामका साथ मनाउँदै आइरहेको छ ।

सम्बन्धित खवर