नगर स्तरीय प्याब्सन फुटबल टुर्नामेन्ट - Crazysaptahik.com

नगर स्तरीय प्याब्सन फुटबल टुर्नामेन्ट

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरेमा नगर स्तरीय प्याब्सन फुटबल टुर्नामेन्टको आज दोस्रोत दिनको खेलहरु सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल नगर कार्य समिति पथरी शनिश्चरेको आयोजनामा सोमबारबाट सो टुर्नामेन्ट सुरुवात भएको हो ।
पथरीशनिश्चरेको जाँते मोडमा अवस्थित फुटबल खेल मैदानमा भएको सो प्रतियोगितामा ४ वटा विद्यालय क्वाटर फाइनलमा प्रवेश गरेका छन् । वाल्मीकिले एभरेष्टलाई १–०, न्यू पेगोडाले पेगोडा मोडललाई १–०, रेडस्टारले मोरङ मेरिगोल्डलाई टाइब्रेकरमा जित्यो भने बालजगतले अन्नपूर्णलाई २–१ अन्तरले हरायो ।
भोलि सेमिफाइनल र फाइनल खेल हुने आयोजकका सचिव सन्तोष बस्नेतले जानकारी दिए ।

सम्बन्धित खवर