शिवसताक्षीको चासोक तङ्नाममा आज दीपक र गंगाले प्रस्तुति दिने - Crazysaptahik.com

शिवसताक्षीको चासोक तङ्नाममा आज दीपक र गंगाले प्रस्तुति दिने

क्रेजी संवाददाता
शिवसताक्षी । झापाको शिवसताक्षी–७ मिलन चौकको आज हुने चासोक तङ्नाममा गायक दीपक लिम्बु र गायिका गंगा फ्याकले आ–आफ्नो प्रस्तुति दिने भएका छन् ।
मिलन साँस्कृतिक परिवारले आयोजना गरेको चासोक तङ्नाम (उधौली पर्व) को अवसरमा दिपक र गंगाले आफ्नो चल्तीका हिट गीतहरु पस्कने आयोजकका कार्यक्रम संयोजक नविन इजमले जानकारी दिए ।
सो कार्यक्रममा विभिन्न जातिय झ्याकी नाचहरु र स्थानीय गायक–गायिका तथा कलाकारहरुले केलाङ नृत्य प्रस्तुत गर्नेछन् ।
यसैगरी परिकारका खानपान, केलाङ, धाननाच र खेलहरु सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष राज खजुमले जनाउनुभएको छ ।

सम्बन्धित खवर