क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा यो वर्षको चासोक तङ्नामको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
किरात याक्थुङ चुम्लुङनगर शाखा पथरी शनिश्चरे सिरिजंगा स्मृति धार्मिक वनले पत्रकार सम्मेलन गरी सो विषयमा विस्तृत जानकारी दिएको हो ।
चासोक तङ्नाम कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ४ र ५ का फाइनलिष्ट क्रमशः गायक साहिल लिम्बु, नोगन लिम्बु, याक्थुङ स्टार सिजन–१ विजेता अन्जना नाल्बो, गायक भिम लिम्बु, रुक्मान लिम्बु लगायतको कलाकारहरुको प्रस्तुति रहनेछ । चासोक तङ्नाम मंसिर ३० गतेदेखि तीन दिनसम्म सञ्चालन हुनेछ ।
कार्यक्रम समापनको दिन साँझ अन्जना नाल्बो, याक्थुड स्टार सिजन १ सेकण्ड रनरअप गायक आईतहाङ चोडवाङ लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकका अध्यक्ष विक्रम लिम्बुले जानकारी दिए । यस्तै हास्य कलाकारद्वय लक्षणा राई (थसुली) र जसु राईको विशेष प्रस्तुति रहनेछ ।
सोही कार्यक्रमको अवसरमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुनेभएको छ । विजेता टिमले क्रमश: ६०, ४० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र पुरस्कार रहेको प्रतियोगितामा ८ वटा टिम उपस्थित हुने आयोजक समितिले जानकारी दिएको छ ।
भलिबल प्रतियोगितामा खोटाङको साकेला गाउँपालिका, झापाको बिर्तामोड भलिवल टिम, मोरङको बिराटनगर रानी, बेलबारी, उर्लाबारी, सयपत्री बेलबारी, अरणोदय बोर्डिङ स्कुल पथरी शनिश्चरे र एम.एल.मोरङले सहभागिता जनाउने छन् ।
कार्यक्रममा पक्लुङ, लेप्मा (छेलो) हप्रिडलक्मा (लडजम) लितोड आप्मा (धनुषकाण हनाई) इड्या थक्मा (भाले जुधाई) थाक्पा उम्मा (डोरी तनाई), नाउका पिङ लगायतको खेलहरू हुने बताइएको छ ।