पथरीमा निल डेभिडको ८ औं वार्षिकोत्सव मनाइयो - Crazysaptahik.com

पथरीमा निल डेभिडको ८ औं वार्षिकोत्सव मनाइयो


क्रेजी साप्ताहिक
पथरी । निल डेभिड हेयर एण्ड व्युटी सेलुन पथरी शाखाले ८ औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ ।
आईतबार शाखाले केक काटेर आफ्नो ८ औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोसत्वको अवसमार शाखाले सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै आफ्नो सेवा क्षेत्रलाई पनि वृद्धि गरेको छ । आफ्नो शाखाको अगाडि निल डेभिड हेयर एण्ड व्युटी सेलुनले सेवा क्षेत्रमा बढाएको हो ।
८ औं वार्षिकोत्सव तथा सेवा क्षेत्र बिस्तार कार्यक्रममा उद्योग वाणिज्य संघ पथरी शनिश्चरेका अध्यक्ष दीपक बस्नेत, पथरी शनिश्चरे वडा नं. १ का भीमकुमार राई, उद्योग वाणिज्य संघका उपाध्यक्ष रविन्द्रकुमार राई, लाईन्स क्लब अफ पथरी शनिश्चरेका अध्यक्ष तथा पथरी शनिश्चरे नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले संयुक्त रुपमा रिबन तथा केक काटेर वार्षिकोत्सव मनाएइएको हो ।
सो अवसरमा वडाध्यक्ष भीमकुमार राई र उद्योग वाणिज्य संघका अध्यक्ष बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो । निल डेभिड हेयर एण्ड व्युटी सेलुनकी शाखा प्रमुख मिरा बस्नेतले ८ वर्ष अघि स्थापनाकालमा २५ लाख रुपैयाँ बराबरको लागतमा महिला तथा पुरुषहरुका लागि खोलिएको उक्त सेलुनबाट ३ सय बढी युवा युवतीहरुलाई व्यवसायिक तालिम प्रदान गरिएको बताउनुभयो ।
अहिले दमक, उर्लाबारी र पथरी बजारमा सो सेलुन खोलेर १५ जनालाई रोजगारी दिइरहेको उहाँले बताउनुभयो । निल डेभिडको देशभर ४५ वटा शाखाहरू रहेका छन् भने ८२ वटा विश्वका विभिन्न देशहरूमा शाखा रहेको पनि शाखा प्रमुख बस्नेतले बताउनुभयो ।
महिलाहरूको व्युटी पार्लर र पुरूषहरूको हेयर कटिङमा छुट्ट्रै पहिचान बनाएको निल डेभिड्स पथरी शाखाले ८ औं वार्षिकोत्सवको अवसरमा पुस ६ गतेसम्म ब्युटी सियानको कुनै पनि कार्ष गर्न चाहानु हुनेहरुलाई ५० प्रतिशत छुटको समेत व्यवस्था गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.