
क्रेजी संवाददाता
पथरी । मुन्धुमी चुम्लुङको साँस्कृतिक विभागको विशेष पहलमा सञ्चालन हुँदै आएको सांगीतिक तथा साँस्कृतिक कार्यक्रम ‘येले साम्लो नाइसुम ५०८६’ को आवेदन मिति थप गरिएको छ ।
मंङिसर १७ गते भित्र आवेदन दर्ता गरिसक्नुपर्ने भए पनि विभिन्न प्राविधिक, व्यवस्थापकीय तथा समन्वयगत कारणले समय अभाव भएको भन्दै आयोजकले नयाँ अन्तिम मिति पुस १ गतेसम्म गर्ने निर्णय सार्वजनिक गरेको हो ।
आयोजक समितिका अनुसार देश–विदेशमा रहेका मुन्धुमी कलाकार, सर्जक, गायक÷गायिका तथा साँस्कृतिक प्रेमीहरूबाट ठूलो मात्रामा सहभागिताको रुचि देखिएकोले सबैलाई सहज हुने गरी मिति बढाइएको हो । धेरैजसो सहभागीहरूलाई आवश्यक सामग्री तयार गर्न, गीत–संगीत अभिलेख मिलाउन र फारम प्रक्रिया पूरा गर्न कठिनाइ भएको गुनासो आएपछि मिति परिवर्तन गरिएको बताइएको छ ।
कार्यक्रमले मुन्धुमी भाका, पहिचान, कला–संस्कृति, परम्परा र मौलिकता संरक्षण तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखेको आयोजकले जनाएको छ । विशेषगरी नयाँ पुस्तामा मौलिक भाका र संस्कृतिप्रतिको आकर्षण बढाउन, प्रतिभावान कलाकारहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र सांस्कृतिक एकताको सन्देश फैलाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
साँस्कृतिक विभागले सबै इच्छुक कलाकार, सर्जक, गायक–गायिका, नृत्य–समूह तथा सांस्कृतिक साधकहरूलाई मितिभित्र फारम भर्न, आवश्यक कागजात पठाउन र तयारी पूरा गर्न आग्रह गरेको छ ।
यस्तै, कार्यक्रमको सफलता र प्रभावकारिताका लागि समुदायका सबै क्षेत्रबाट सहयोग, सहभागिता र उत्साह आवश्यक भएको आयोजकका संयोजकले उल्लेख गरेका छन् ।

