स्रोत नखुलेको १२ लाख ३६ हजार रुपैयाँसहित २ पक्राउ - Crazysaptahik.com

स्रोत नखुलेको १२ लाख ३६ हजार रुपैयाँसहित २ पक्राउ


क्रेजी साप्ताहिक
बारा ।सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित बाराको परवानिपुर ३ गाउँपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा भारत घर बताउने ४० बर्षिय ईनामोल र २५ बर्षिय ईसा आलम छन् ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले निजहरुलाई उक्त रुपैयाँसहित पक्राउ गरेको हो । बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा सो रुपैयाँ फेलाको र सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.