
क्रेजी साप्ताहिक । शनिबार राति म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजा रहेका छन् ।
बेनी अस्पतालमा उपचारको क्रममा आज उनिहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते द्वयलाई सो अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । मृतक पुन र गर्बुजा छिमेकी हुन् ।

