एसइई परीक्षा सर्न सक्ने आशंका - Crazysaptahik.com

एसइई परीक्षा सर्न सक्ने आशंका


क्रेजी साप्ताहिक । यस वर्षको एसइई परीक्षा चैत ६ गतेबाट सुरु हुने भनिएपनि सर्न सक्ने भएको छ । कोरोनाभाइरस संक्रमण जोखिमका कारण परीक्षा सर्न सक्ने भएको हो । आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताएका छन् ।

मन्त्री ढकालका अनुसार दुई तीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने वा नबनाउने टुंगो लाग्नेछ । उनले सरकारले आयोजना गर्न लागेको सगरमाथा संवाद पनि स्थगित भएको भन्दै सकेसम्म धेरै भीडभाड हुने कार्यक्रममा सहभागी नहुन आग्रह गरेका छन्।

सम्बन्धित खवर