
क्रेजी साप्ताहिक
पथरी । प्रदेशका प्रमुख न्यायाधिवक्ताको कार्यालयले प्रदेश १ का पालिकाहरुको न्याय सम्पादनका ऐन कानूनमा एकरुपता ल्याउने पहलका लागि छलफल सुरु गरेको छ । कार्यालयले प्रदेशभित्रका पालिकाहरुका प्रमुख, उपप्रमुख, न्यायिक समिति सदस्य र विधायन समिति संयोजकहरुसँग अन्तरक्रियात्मक छलफल गरी ऐन, कानून, नियम तथा कार्य्विधिको एकरुपताका लागि पहल थालेको छ ।
यस क्रममा प्रमुख न्यायाधिवक्ताको कार्यालयले मोरङका पालिहकाहरुका प्रमुख, उपप्रमुख, न्यायिक समिति सदस्य र विधायन समिति संयोजकहरुसँग कानून निर्माण प्रक्रिया तथा न्यायिक समितिको कार्य्विधि सम्बन्धी अन्तरक्रियात्मक छलफल गरेको छ । जिल्ला समन्वय समितिको समन्वयमा विराटनगरमा सम्पन्न २ दिने छलफलमा प्रदेशका प्रमुख न्यायाधिवक्ता चुडामणि आचार्यले पालिकाहरुले निर्माण गर्ने कानूनी कुरामा एकरुपता नहुँदा न्याय सम्पादन विरोधाभासपूर्ण समेत हुनसक्ने जनाउँदै त्यसप्रति सचेतता अपनाउन जानकारी गराएका छन् ।
उनले संघीय, प्रादेशिक ऐन, कानूनसँग नबाझिने गरी पालिकाहरुले पनि न्याय सम्पादनका लागि ऐन, कानून, कार्य्विधि तयार गरेर जान आवश्यक रहेको चर्चा गरे । प्रमुख न्यायाधिवक्ता आचार्यले यसखाले एकरुपताको काम प्रदेश १ ले थालेको जनाएको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले बताइन् । जिल्ला रहेका १७ पालिकाबाट सहभागिहरुका लागि उच्च अदालत विराटनगरका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठ र जिल्ला अदालतका मुख्यन्यायाधिस मेदनी पौडेलको सहजिकरण रहेको थियो ।

