भण्डारी दम्पत्ति हत्यामा छोराकै संलग्नता - Crazysaptahik.com

भण्डारी दम्पत्ति हत्यामा छोराकै संलग्नता


क्रेजी साप्ताहिक
काठमाडौं । कञ्चनपुरका भण्डारी दम्पत्ति हत्या प्रकरणमा छोराकै संलग्नता रहेको पाइएको छ । गत फागुन १५ गते शुक्लाफाँटा नगरपालिका–११ का ५२ वर्षीय जयबहादुर भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनाको हत्या भएको थियो ।

भण्डारी दम्पत्तिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले २६ वर्षीय भरतबहादुर भण्डारीलाई पक्राउ गरेको छ । पक्राउ परेका भरत जयबहादुरका छोरा हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा डडेल्धुरामा बस्दै आएका भरतले पारिवारिक विवादका कारण बुवा जयबहादुर र सौतेनी आमा धनाको धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

भरतलाई प्रहरीले आइतबार डडेल्धुराको अमरगढी नगरपालिका–२ जुगेनाबाट पक्राउ गरी सोमबार दिउँसो सार्वजनिक गरेको हो । फागुन १३ गते सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा दिन उनी महेन्द्रनगर आएका थिए । प्रहरीका अनुसार भरत १४ गते ट्रायलमा फेल भएपछि केही आफन्तलाई भेटेर डडेल्धुरा जान हिँडेका थिए । तर फर्किएर राति साढे ८ बजे झलारीस्थित घरमा पुगेर बुवा र सौतेनी आमासँग केही समय कुरा गरेका थिए । यो पनि पढ्नुहोस सुदूरपश्चिममा ठूला अपराध अनुसन्धानमा प्रहरी निरन्तर असफल

कुराकानी कै क्रममा विवाद भएपछि बुवा जयबहादुर कोठामा गएको र सौतेनी आमालाई भान्छामा गएको बेला लोरो (सिलौटोमा अचार पिस्न प्रयोग हुने ढुंगा)ले हानेर त्यहीँ हत्या गरेको बयान भरतले प्रहरीसमक्ष दिएका छन् । जयबहादुरलाई पनि त्यसै रात सुतेको अवस्थामा सोही लोरोले हानेर हत्या गरी भरत डडेल्धुरा पुगेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरुबीच लामो समयदेखि अंशबण्डाको विवादा थियो । साथै, घरमा सल्लाह नगरेरै सौतेनी आमा भित्र्याएको भन्दै भरतले विवाद गरिरहन्थे ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.