कामना सेवाद्वारा मन्दिरलाई २० थान कुर्सी हस्तान्तरण - Crazysaptahik.com

कामना सेवाद्वारा मन्दिरलाई २० थान कुर्सी हस्तान्तरण


क्रेजी साप्ताहिक। ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहि देशैभर १२३ वटा शाखा संजाल मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको कामना सेवा विकास बैंक लिं को झापा बुधबारे शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुद्दशान्ति–१, झापामा रहेको श्री लक्ष्मीनारायण मन्दिरलाई फलामको कुर्सी हस्तान्तरण गरेको छ ।

बैंकले आज कार्यालय परिसरमा एक कार्यक्रम गरि २० थान फलामे कुर्सीहरु मन्दिरका अध्यक्ष ज्ञाननाथ पौडेल लगायत कार्यसमितिलाई बैंकका प्रदेश नं. १ का प्रदेश प्रमुख सुजन छाराहाङ राइले गरेका हुन् । मन्दिर परिसरमा गर्ने भनिएको उक्त कार्यक्रम गृह मन्त्रालयले हिजो एक सुचना जारी गर्दै भिडभाड नगर्न सुचना जारी गरेपछि बैंक परिसरमा गरीएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्दिरका अध्यक्ष पौडेलले कामना सेवाको यस प्रकारको सहयोगले मन्दिरलाई ठुलो सहयोग पुगेको बताउँदै आउँदा दिनमा पनि यस्ता काम अझ बढि गर्न अनुरोध गरेका थिए । बैंकले छोटो समयमा बुधबारे बजार क्षेत्रमा निकै छिटो र सहज तरिकाले सेवा प्रदान गरि जनतामाझ वित्तिय चेतना बढाउन ठुलो योगदान पु¥याएकोमा धन्यवाद प्रदान गरेका थिए ।

कार्यक्रमलाई अन्त्य गर्ने क्रममा आफ्नो मन्तव्य राख्दै बैंकका प्रदेश नं. १ प्रमुख सुजन छाराहाङ राइले बैंकले आफ्नो बैंकिङ सेवाको साथै सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिरलाई २० थान फलामे कुर्सी हस्तान्तरण गरेको र आउँदा दिनमा पनि यस प्रकारको कार्यक्रम गरि समाजमा सहयोग गर्न बैंक सदैव सकारात्मक रहने जानकारी दिए । बैंकले १२३ वटा शाखा कार्यालय, ६० भन्दा बढी ए.टि.एम तथा नविनतम बैंकिङ प्रविधिद्वारा छिटो, छरितो र सहज तरिकाले ग्राहक केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आएको जानकारी दिए ।

यसका साथ कोरोना भाइरसले विश्वमै विकराल रुप लिइरहेको अवस्थामा नेपाल पनि उच्च जोखीममा परेकोले आफ्ना सम्पूर्ण कर्मचारी, ग्राहक लगायत सम्पूर्ण देशवासीमा सचेत भएर रहन आग्रह गर्दै बैंकको सम्पुर्ण शाखामा कोरोना जोखीम न्यूनिकरणकालागी प्राथमीक सामाग्रीहरु उपलब्ध गराएको जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.