प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने - Crazysaptahik.com

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने


क्रेजी साप्ताहिक
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । कोरोना भाइरस कोभिड १९ को महामारीले विश्वलाई आक्रान्त पारिरहेको अवस्थामा नेपालले खेल्नु पर्ने थप भूमिका प्रधानमन्त्री ओलीको सम्बोधनमा केन्द्रित रहने बताइएको छ ।

प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत कोरोना भाइरसको रोकथामका लागि सरकारले गरिरहेको तयारीबारे जानकारी गराउनुका साथै जनताले अपनाउनु पर्ने सजगताबारेमा पनि आफ्नो धारणा राख्नु हुने बताइएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्नु हुने कुराको पुष्टि गर्दै समय तय हुन बाँकी रहेर्को जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन लगायत स्वास्थ्य र सामाजिकसम्बन्धि अन्तर्रा्ष्ट्रिय संस्थाहरुले नेपाललाई पनि कोरोना भाइरस कोभिड–१९ को संक्रमणको अति जोखिमको सूचीमा राखेपछि सरकारले बिभिन्न तयारीहरु दू्रतरुपमा गरिरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.