
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रको व्यवसायिक चुस्तता कायम राख्ने कुरालाई ध्यान दिएर नगरपालिका कार्यालयले अनुगमन् गर्ने क्रममा आज ग्यास पसलहरुको अनुगमन् गरेको छ ।
नगर उपप्रमुख एवम् नगरपालिकाको अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत सहित इलाका प्रहरी कार्यालय पथरीको टोलीले ७ वटा ग्यास पसलको अनुगमन् हो । पसलहरुबाट ग्यासको कृत्रीम अभाव सृजना गरेको पाइएको छैन । साथै ग्यासको उपभोग उपभोक्ताहरुबाट बढी भएकाले ग्यासको मौज्दात भनें खास नभएको देखिएको अनुगमन् संयोजक वास्तोलाले बताइन् ।
२ नम्वर वडाको पाथीभरा सप्लायर्समा ८० वटा र १ नम्वरको मोरङ भाडा पसलसँगैको पसलमा ९ वटा ग्यास भरिएको अवस्थाको रहेको बाहेक ग्यास आउने र सकिइहाल्ने क्रम चलिरहेको पाइएको उल्लेख गरीन् । तर पसलहरुमा प्रतिसिलिण्डर ग्यास भर्दा १ हजार ३ सय ५० देखि १ हजार ३ सय ५५ र १ हजार ३ सय ७५ रुपैयाँ सम्म लिइएकोले ग्यासको मुल्यमा भनें एकरुपता नपाएको र महंगो मुल्यमा ग्यास विक्री वितरण नगर्न अनुरोध गरिएको थियो ।
टोलीले वडा नम्वर १ का ३ वटा, २ का २ वटा र १० का २ वटा पसलको अनुगमन् गरेको छ । ग्याससँगै भएका किराना पसलमा नूनको पनि अनुगमन् गर्दा नूनको अभाव नभएको देखिएको छ ।

