
क्रेजी साप्ताहिक
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा दुई दिनदेखि चोरीका घटना उल्लेख्य बढेका छन् । धुर्कोट गाउँपालिकाको वडा नम्वर १, नयाँ गाउँमा दुई दिनअघि राति ८ वटा घरमा चोरी भएको थियो । सोही गाउँपालिकाको वडा नम्वर ४ जैसीथोकमा शनिबार राति १३ वटा घर फोरेर चोरी भएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।
दुई दिनयता चोरीका घटना एक्कासी बढेको पुर्कोटदह ईलाका प्रहरी कार्यालयले जनाएको छ । डेढ महिना अघि गुल्मी कै बलेटक्सार र छत्रकोट गाउँपालिकामा पनि त्यसरी नै चोरी भएको थियो । बलेटक्सारमा रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्थामा चोरी गर्ने एक जना युवा सिसी टिभीमा फुटेज देखिए पनि प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

