काठमाडौंमा भेटिए कोरोना भाइरस संक्रमित बिरामी - Crazysaptahik.com

काठमाडौंमा भेटिए कोरोना भाइरस संक्रमित बिरामी


क्रेजी साप्ताहिक काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित विरामी भेटिएका छन् । सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् ।

१९ वर्षकी उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनी फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी थिइन् । त्यसबेला उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

तर आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । अब उनीसँगै आएका र परिवारका सदस्यहरु पहिचान गरी आइसोलेसनमा राख्ने र परीक्षण गर्ने तयारी भइरहेको छ । स्वास्थ्यमन्त्री ढकालले धैर्य नगुमाउन र सावधानी अपनाएर विस्तारित हुन नदिन सबैलाई अपील गरेका छन् ।

यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्रा्ष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्रा्ष्ट्रिय उडानसमेत बन्द गरेको छ । आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।

सम्बन्धित खवर